२०८१, १४ बैशाख शुक्रबार

पञ्चकन्याको कविलासमा राष्ट्रिय धान दिवस मनाईयो

    असार १५ २०७५ १९:३२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हरि भेटवाल । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका-२ कविलासको सहरेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा रोपाइँ कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य तथा नेकपा नेता खेमलाल भट्टराई रहनुभएको थियो । रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपालमा कृषिमा आधुनिकिकरण गरि अघि बढनुपर्ने र धानमा आत्मनिर्भर हुनुपर्ने नुवाकोट कृषिको उर्बरा भुमि भएकोले कृषिमा यन्त्रिकरण गरि अघि बढि उत्पादन बढाउन पर्ने नेता भट्टराईले बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि नेकपा नेता केपि लामिछाने, वडा नं. २ का वडाध्यक्ष ध्रुव मिश्र, वडा नं. ३ का वडाध्यक्ष रामगोपाल पराजुली, तादी गापाका-३ का वडाध्यक्ष मनोज उप्रेती, नेकपा नेता अर्जुन कार्की, श्रीकृष्ण खतिवडा रामनाथ खनाल, विद्यार्थी नेता प्रवास सुवेदी लगायतका अतिथिहरु रहनु भएको थियो ।

कार्यक्रममा नेकपा नेता कविलासका कृष्ण बोहराको सभापतित्वमा रहेको थियो ।

३६ रोपनी जग्गामा ६ हल गोरु ६० रोपार १५ बाउसे बाजागाजासहित गायक दलबहादुर डंगोल, गायिका राधिका बिकले असारे घाँसेगीत गाएर रोपाइँ कार्यक्रमलाई छुट्टै रौनक दिएका थिए ।

कार्यक्रममा हिलो दौड आयोजना गरिएको थियो । दौड प्रतियोगितामा प्रथम हुने दिपेन्द्र राईलाई प्रमुख अतिथिले रु १ हजार पुरस्कार प्रदान गर्नु भएको थियो ।

रोपाइँ कार्यक्रम हेर्न नुवाकोटका विभिन्न भेगका स्थानीय लगायत काठमाडौँबाट समेत मानिसहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top