+
Search

ताजा अपडेट +

पपुलर +

एकिकृत नमुना बस्ती “सुन्दर वस्ती” हस्तान्तरण

sundar basti nuwakot
डबली खबर
७ साल अगाडी

दाङसिङ्ग, तार्केश्वर । भूकम्पपीडित नागरिकहरुलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउने उदेश्यले नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर १ को काफलपानीमा एकिकृत नमुना बस्ती “सुन्दर वस्ती” को निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सभे द चिल्ड्रेन र सामुदायिक विकास केन्द्र नेपालको आर्थिक र प्राविधिक सहयोग र तार्केश्वर गाउँपालिकाको समन्वयनमा स्थानीय बासिन्दाहरुबाट निर्माण बस्तीको हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य एवम् सांसद बहादुर लामाले भूबनोटको आधारमा विकट र भूकम्पबाट क्षतिग्रस्त ठाउँका पूननिर्माण र व्यवस्थापनको लागी सर्वप्रथम योजनाबद्ध रुपमा काम अगाडी बढाउंदा निर्धारित समयमा काम सम्पन्न हुने बताउनुभएको छ । तार्केश्वर गाउँपालिकामा पर्यटनको सम्भाबना रहेको भन्दै गाउपालिकाको बिकास निर्माणको लागी पर्यटन जोनको आबश्यकता रहेको प्रतिनिधि सभा सदस्य एबं साँसद लामाले बताउनुभयो ।

भूकम्पको क्षेत्रमा काम गर्न आएको सामाजिक संस्थाको सहकार्यमा स्थानीयबासीहरुले निर्माण सम्पन्न गरेको १५ घरधुरी सहितको सुन्दर बस्तीको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले एकृकित नमुना बस्ती विकास निर्माण एक पाटो रहेको भन्दै आगमी योजना परिणाममुखी हुनुपर्ने बताउनुभयो।

यस्तै, कार्यक्रममा तार्केश्वर गाउँपालिकाका प्रमुख रमेश बस्तीले गाउँपालिकालाई विकसति र सुन्दर बनाउनको लागि गाउँपालिकाभित्र अन्य स्थानहरुमा पनि एकिकृत नमुना वस्ती निर्माण गर्ने निति तथा कार्यक्रम रहेको बताउनुभएको छ । उहाँले आगमी दिनमा विभिन्न सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा गाउँपालिकाभित्र उपयुक्त ठाउँको चयन गरी एकीकृत वस्ती निर्माणमा पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा रिमाल, वडाध्यक्षहरु, समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट, निर्माण व्यवसाय संघ नुवाकोटका होमबहादुर तामाङ, नेपाली काँग्रेस नुवाकोटका प्रतिनिधिहरु, सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपाल, सेभ द चिल्ड्रेनका प्रमुख एवम् प्रतिनिधि, स्थानीयबासी लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ