२०८१, १४ बैशाख शुक्रबार

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सरकारी कार्यालय परिसरमा वृक्षारोपण ! (भिडियोसहित)

    असार १४ २०७५ १९:१६

National Plantation Day Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटमा राष्ट्रिय वृक्षारोपण दिवस २०७५ को अवसर पारेर वृक्षारोपण दिवस मनाईएको छ ।

जिल्ला वन कार्यालय नुवाकोटको आयोजनामा स्वच्छ वातावरण महाभियान भन्ने नारा सहित आज विहान विदुर सदरमुकामस्थित घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको नयाँ भवन परिसरमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, सरोकारवाला, राजनीति दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा धुपी, कपुर, तेजपत्ता, कल्पी लगायतका ५० किसिमका विरुवाहरु रोपिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top