sujim bazar advert

नुवाकोटको बट्टारमा टाटा च्याम्पियन जोनको संचालनमा (भिडियोसहित)

    असार १४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

TATA Champion Zone Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । नुवाकोटको बट्टारमा टाटा कम्पनीका मोटरगाडीहरुको सुविधाको लागी टाटा च्याम्पियन जोनको संचालनमा आएको छ ।

सिप्रदी कम्पनी अन्तर्गत रहेका टाटा मोटरहरुको सर्भि्सिङ, पार्टहरुको सहज उपलब्धताको लागि विदुर नगरपालिका-४, बट्टारमा टाटा क्याम्पियन जोनको स्थापना भएको हो । नुवाकोटको बट्टारमा रहेको शुभश्री अटो पार्ट्ससँग साँझेदारीसंगै सिप्रदी कम्पनीको नेपालभर २३ वटा च्याम्पियन जोन रहेको छ।

च्याम्पियन जोनको स्थापना गर्दै टाटा मोटरका बिजनेस हेड जय देब मक्टरले नुवाकोटमा रहेका टाटा मोटरधनीहरुलाई कम्पनीको सहज उपलब्धताको लागी जोनको स्थापना गरेको बताउनुभएको छ ।

यस्तै, कार्यक्रममा टाटा मोटरका च्याम्पियन जोन म्यानेजर प्रमोद स्वार सबै टाटा मोटरधनीहरुले गुणस्तरीय र सक्कली सामाग्रीहरुको बिक्रि वितरणको लागी च्याम्पियन जोनको आवश्यक्ता रहेको बताउनुभएको छ ।

टाटा कम्पनीमा सिप्रदी अटो पाट्सका डेपुटि जनरल म्यानेजर युवराज बुढाथोकी टाटा कम्पनीका अधिकतम पाट्सको उपलब्धताको लागी जोनको आवश्यक रहेको बताउनुभयो । हाल सुरुमा तीन सय प्रकारका पाट्सहरु जोनमा उपलब्धता हुने र त्यसलाई बढाउदै लैजाने बुढाथोकीले बताउनुभएको छ ।

नुवाकोटका ग्राहकका आवश्यक्तालाई मध्यनजर गर्दै टाटा मोटरहरुको सर्भिसिङ, पार्ट्सहरुको सहज उपलब्धता गराउने बताउनुभएको छ । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, निवर्तमान अध्यक्ष शरणउत्सुक सापकोटा, पासाङल्हामु यातायात बस व्यवसायी संघका अध्यक्ष कुलबहादुर खड्गी लगायतले मन्तव्य राख्नुभएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top