२०८१, १३ बैशाख बिहीबार

“बालश्रम, यौन शोषण र लागु औषध विरुद्ध हाम्रो अभियान” वक्तृत्वकला प्रतियोगीता सम्पन्न

    असार १३ २०७५ १५:२१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

धादिङ । शिक्षा विकास तथा समन्वय इकाई धादिङ र आवाज अभियानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगीतामा सम्पन्न भएको छ ।

“बालश्रम, यौन शोषण र लागु औषध विरुद्ध हाम्रो अभियान” विषयमा भएको प्रतियोगीतामा छात्रतर्फ सुनगाभा एकेडेमीका निश्चलविक्रम शाह प्रथम, धादिङ आवासिय माविका सक्षम तिमिल्सीमा द्धितीय र नीलकण्ठ माविका सन्दिप घिमिरे तृतीय भएका छन् ।

त्यस्तै छात्रातर्फ चिल्ड्रेनपार्क आवासिय माविका विवशा सिलवाल प्रथम, नीलकण्ठ माविका समिक्षा रिजाल द्धितीय र धादिङ आवसिय माविका नमिता श्रेष्ठ तृतीय भएका छन् ।

प्रतियोगीतामा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे र जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालद्वयले प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top