२०८१, १३ बैशाख बिहीबार

रसुवाको महिला तथा बालबालिका सेवा केन्द्र भवन उद्घाटन

    असार १३ २०७५ १४:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाको परिसरमा महिला तथा बालबालिका सेवा केन्द्रको नवनिर्मित भवन प्रहरी नायव महानिरीक्षक रविन्द्रप्रसाद शर्माले उद्घाटन गर्नुभएको छ ।

हिंसामा परेर परिवारसँग अलग रहेको महिलाहरु पुर्नस्थापीत नहुनजेलसम्म आश्रय दिएर राख्नका लागि भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।

एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा आधुनिक नयाँ भवनमा १४ वटा कोठाहरु रहेको छ । भवन १ करोड ४३ लाख ८८ हजार ४९ को लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

निर्माण भए सँगै हिंसामा परेका पीडित महिलाहरुलाई बस्नको लागि सहज हुने भएको छ ।

भवन अभावमा महिला तथा बालबालिका सेवा केन्द्र टेन्टबाट सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top