नुवाकोट । सूर्यगढी गाउँपालिका–१ लच्याङको छाप भन्ने स्थानमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रसुवा सरमथली घर भएका अन्दाजी ३५ वर्षिया साइला तामाङ (मानसिक सन्तुलन ठिक नभएको) रहेका छन् । घर फर्कदै गरेको समयमा भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।
साँघुरो बाटो र पानी परिरहेकाले चिप्लेर लडेका तामाङ करीब २०० मिटर तल पुगेका थिए । तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । -रासस
प्रतिक्रिया