+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ट्रेड युनियनले ‘बालश्रम नियन्त्रण’ कार्यक्रम संचालन गर्ने

Nepal Trade Union Nepali Congress
डबली खबर
७ साल अगाडी

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जिल्लाका स्थानीयतहमा बालश्रम नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्ने भएको छ ।

युनियनको बैठकले जिल्लालाई बालश्रम रहित जिल्लाको रुपमा रुपान्तरण गर्न सबै स्थानीय तहमा अभिमुखीकरण र प्रचारप्रसार कार्यक्रम संचालन गर्ने निर्णय हो । युनियनले विगत तीनवर्षदेखि जिल्लामा बालश्रम नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्दे आईरहेको छ ।

यसैगरी बैठकले जिल्लाका सबै स्थानीय तहमा युनियनको संरचना विस्तार गर्न प्रतिनिधि समेत तोकेको छ । बैठकले रामबहादुर थापा शिवपुरी, शिव देवकोटा ककनी, कल्याणभक्त पाण्डे लिखु,  जनार्दन सिलवाल बेलकोटगढी, मञ्जु प्रधान तारकेश्वर, सुनील श्रेष्ठ म्यागाङ, पूर्णबहादुर थापा किस्पाङ, मछिन्द्र खड्का विदुर, केदार रिमाल सूर्यगढी, सिताराम भण्डारी तादी, रविन थापा पंचकन्या र किरण अधिकारीलाई दुप्चेश्वरका लागि प्रतिनिधिका रुपमा खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ