sujim bazar advert

त्रिशूली–गल्छी आयोजनामा चीनको पौने ११ अर्ब लगानी, प्रधानमन्त्रीको भ्रमणमा भयो सम्झौता

    असार १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Trishuli Galchi Hydropower
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८ सय ७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएको थियो । सोहिअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा आगामी अक्टुबर देखि शुरु हुने भएको हो ।

KP Oli China Visit 2018

त्रिशूली नदीस्थित नुवाकोटको तार्केश्वर गाउँपालिका–४ ढोडबँेसीमा बाँधस्थल र धादिङको गल्छी गाउँपालिका–१ हाँडीखोलाटारमा उत्पादन गृह हुनेगरी निर्माण गर्न लागिएको सो आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाँ कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेशनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

उक्त आयोजनाका लागि इञ्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (इपिसि–एफ) ढाँचामा निर्माण गर्ने सम्बन्धी सम्झौता दोङफाङसँग गत चैत १४ गते हस्ताक्षर भएको त्रिशूली–गल्छी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिए ।

‘आयोजना निर्माणको काम विसं २०७३ कात्तिक १७ मा विद्युत् उत्पादन अनुमति पत्र पाएलगत्तै शुरु गरे पनि वित्तीय व्यवस्थापनले रोकिएकाले अब त्यो पनि सहज भएपछि आगामी अक्टुबरदेखि काम शुरु हुनेभएको छ ।’ पण्डितले भने, ।

उनका अनुसार उक्त आयोजना सम्पन्न गर्न लाग्नेमध्ये १० अर्ब ८१ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने भएको हो । आयोजनाको विद्युत् उत्पादन शुरु भएको एक वर्ष्भित्र आयोजनाको प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकसँगको सहकार्यमा चिनियाँ कम्पनीलाई ४ प्रतिशत ब्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।

आयोजनाको कूल लागत १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ ।

उनले आयोजनाको काम सम्झौता भएलगत्तै शुरु गर्न लागिए पनि त्रिशूली नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाव कम भएपछि अक्टुबरदेखि कामलाई तीव्रता दिन लागिएको जानकारी दिए ।

आयोजना निर्माण सम्बन्धी चीनमा भएको सम्झौतामा चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धकाली पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङफाङका प्रतिनिधिले हस्ताक्षर गरेका हुन ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top