२०८१, १३ बैशाख बिहीबार

कानुनी प्रशिक्षण कार्यक्रम सुरु

    असार ११ २०७५ १३:५४

district court office nuwakot law training asar2075
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ जिल्ला अदालत, नुवाकोटको आयोजनामा अपराध संहिता र फौजदारी कार्यविधि तथा देवानी संहिता र देवानी कार्यविधि संहिता-२०७४ सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रम जिल्ला अदालत, नुवाकोटका न्यायाधिश ऋषिकेश वाग्लेको प्रमुख अतिथ्यतामा संचालन भएको प्रशिक्षणमा उहाँले कानुन सम्बन्धि सेवा प्रदान गर्न र सेवाग्राहीहरुलाई सहज वातावरण बनाउन कर्मचारीहरुलाई प्रशिक्षण दिईएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता बिमल थापा, बार इकाई नुवाकोटका अध्यक्ष देवराज कंडेल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्का लगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला अदालत नुवाकोटका कर्मचारीहरु तथा अन्य सरोकारवालाहरुका २५ कर्मचारीहरुको सहभागीता रहेकोे छ ।

कार्यक्रम आजबाट सुरु भई यहि असार १४ गते बिहिबारसम्म संचालनमा रहनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top