sujim bazar advert

शिवपुरी गाउँपालिकाले ल्यायो ४३ करोड ५५ हजारको बजेट

    असार ११, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Shivapuri Gaunpalika Budget
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हरि भेटवाल, शिवपुरी/ शिवपुरी गाउँपालिकाको तेस्रो गाउँ सभा गाउँपालिकाको तेश्रो गाउँ सभा सम्पन्न सम्पन्न भएको छ ।

शिवपुरी गापाका अध्यक्ष रामकृष्ण थापाले पानसमा दिप प्रज्वलनबाट उदघाटन गरी गाउँपालिकाको निति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाको सबै वडा समेटनि गरी कृषि रिङरोड प्रत्येक वडामा एक वडा गौरवको योजना निर्माण, वडादेखि गाउँपालिका सदरमुकामसम्मको सडक निर्माणमा जोड, आयोजना छनोटको करमा ५ लाख भन्दा बढि लागत लाग्ने आयोजनालाई प्राथामिकता दिईने गाउँबासिहरुलाई ३ बर्ष भित्र एक घर एक धारा सहित खानेपानी सुविधा पुर्याईने, गाउँको समग्र विकास निर्माणमा सार्वजनिक निजी साझेदारी पब्लिक, पिपुलस र पाटिसिपेसन (पिपिपि) को अबधारणा अबलम्बन गरिने एग्रो टुरिजम गुरुयोजना तयार गरिने निति तथा कार्यक्रममा रहेको छ।

कार्यक्रममा उपाध्यक्ष मञ्जु के.सी. बाट गापाको समृद्धि र विकासको आधार शिक्षा, कृषि, पर्यटन र पुर्वधार भन्ने ध्येय तथा सहभागीतामुलक दिगो बिकासको माध्यमबाट जनतामा समृद्धि ल्याउने उदेश्यलाई व्यवहारमा उतार्न विभिन्न चरणको सहभागीतामुलक योजना तर्जुमा प्रक्रिया अबलम्बन गरि आगामी आर्थिक वर्ष २०७५/७६ को समग्र आयव्यय विवरण बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

आव २०७५/७६ को कुल बजेट ४३ करोड ५५ हजार

कुल आय रकम ४३,००,५५,०००/- पुँजीतर्फ रकम रु. १९,९८,५५,०००/- ४६.४७% प्रतिशत चालू तर्फ रकम रु २३,०२,००,०००/- ५३:५३ % प्रतिशत रहेको छ। आगामी आ ब २०७५/७६को राजस्व तथा अनुदान प्राप्ति को अनुमानित आय विवरण आन्तरिक राजश्व ८,८८५/-, राजश्व बाडफाड ८६,२८५/-, राजश्व बांडफांड प्राप्ति ५५,४२४/-, ढुङ्गा गिट्टी बालुवा रोयल्टी जिसस बांडफांड १६,०५४, सवारीसाधन कर बापत राजश्व बांडफांड १४,८०७/- अन्य आय २५,०००/- गत वर्षको नगद मौज्दात २५,०००/- नेपाल सरकारबाट प्राप्त अनुदान २७,६९००/- वितिय समानिकरण अनुदान ७५,७००/- शसत अनुदान १४,१२००/- सामाजिक सुरक्षा भता ६०,०००/- प्रदेश सरकारबाट प्राप्त अनुदान २८,९८५/- वितिय समानिकरण अनुदान ७,७१२/- शसत अनुदान २१,२७३/- जनसहभागिता ४,०००/-, नगद सहभागीता ४००० लक्ष्य रहेको छ।

चालू तर्फको रकम कर्मचारी तलब पदाधिकारीहरुको सुविधा भत्ता सेवा निवृत्त सुविधा कार्यलय सञ्चालन शिर्षकमा रु २ करोड ९० लाख बिनियोजन गरिएको छ।

शिक्षा, कृषि, पशु, महिला बिकासमा बिषयगत निकायको शसत अनुदान रु १४ करोड १२ लाख रुपैया बिनियोजन गरेको छ। साथै सामाजिक सुरक्षा भता रु ६ करोड समेत चालू खर्च जम्मा रु २३ करोड २ लाख रकम बिनियोजन प्रस्ताब गरिएको छ। पुजिगततर्फ जम्मा रु १९,९८,५५,०००/- कुल पुजिगततर्फ छुट्याइएकोमा प्रत्येक वडामा करिब ८७ लाख नघटने गरि पुर्वाधारतर्फका आयोजना निर्माण तथा रु ५० लाखमा प्रत्यक वडामा वडा गौरवको पुर्वाधार निर्माणको आयोजना सञ्चालनको लागि रकम बिनियोजन गरिएको छ।

गाउँपालिका तथा वडा कार्यलय भवन निर्माणको लागि १ करोड ८० लाख र आयोजना सञ्चालनको लागि म्याचिङ फण्ड १ करोड ४० लाख प्रस्ताव गरिएको छ।

कृषि क्षेत्रलाई प्राथामिकता दिई कृषि तथा पशु विकास कार्यक्रमको लागि गाउँपालिकाबाट सशत अनुदान बाहेक थप ८५ लाख विनियोजन गरिएको छ ।

आव २०७५/७६ मा विभिन्न बिषयगत क्षेत्रका आयोजनाहरु मध्य शिवपुरी कृषि रिङरोड निर्माण २५ लाख कृषि पर्यटन गोरेटो बाटो टेरकिङ रुट निर्माण शिक्षा खानेपानी सिचाइ विधुतिकरण आर्थिक सामाजिक भौतिक पुर्वाधार निर्माणको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top