२०८०, १६ मंसिर शनिबार
social securities awareness bidur municipality

विदुर नगरपालिकाको बजेट १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको, कृषिलाई जोड (भिडियोसहित)

    असार ११ २०७५ १८:२८

Budget 2075/2076 Bidur Muncipality, Nuwakot
pratik book and stationery center in nuwakot

विदुर/ विदुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ।

नगरको तेस्रो नगरसभामा विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले सो बजेट सार्वजनिक गरेका हुन्।

नगरपालिकाले कार्यालय संचालन, वडा भवन निर्माण तथा प्रशासनिक खर्चको लागि भन्दै २० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरले आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकासमा ६३ करोड १५ लाख १९ हजार, जेष्ठ नागरिक सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमको लागि १० करोड रुपैयाँ र नगरकोषबाट ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर प्रमुख सञ्जु पण्डितले पेश गर्नुभएको थियो।

नगरबाट प्रदान गरिने सेवाको जानकारीलाई विधुतीय सफ्टवेयर, वेबसाईटका माध्यमबाट जनताले हातहातमा हेर्न सकिने बनाईने नगरको योजना रहेको छ । नगरका सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नगरबसीको सुचनाको अधिकारको सम्मान गर्दै पारदर्शिताको नीति प्रभावकारिता लागू गर्न स्थानीय टिभी, रेडियो, अनलाईन मार्फत जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिने नगर प्रमुखले बताउनुभयो ।

नगरमा दर्ता र नविकरण गर्ने वित्तिय संस्थाहरुलाई कढाईका साथ कर प्रणालीको दायरमा ल्याउनेछ । नगरका सम्पूर्ण वडामा बैंकिङ सेवा संचालन गर्न वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिने नगर प्रमुखले बताउनुभयो ।

व्यवसायिक मौरीपालन, व्यवसायिक दुग्ध उत्पादन र पशुको कृत्रिम गर्वधारण, बेमौसमी खेतीको लागि कृषि टडेल, सुख्खा जमिनमा व्यवसायिक तरकारी खेतीकोलागि सिचाई, घाँसखेती, पशु स्वास्थ्य, नि:शुल्क बोयर बाख्रा वितरण, कृषि प्राविधिक शिक्षा, व्यवसायिक माछापालन, स्वरोजगार कृषि कार्यक्रम संचालन गरिने नगर प्रमुखले बताउनुभयो ।

त्रिशुली अस्पतालमा प्रसुति गराएमा रु २ हजार रुपैया र प्रसुतिलाई काठमाण्डौ लैजानु परेमा रु ५ हजार रुपैया अनुदान नगरले दिने विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले बताउनुभयो ।

त्यस्तै, एक वडा एक खेलकूद मैदान स्थापना गरिने भएको छ । हरेक वर्ष नगरस्तरीय मेयरकप फुटबल र महिला भलिबल संचालन गरिने योजना रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका विजेता खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कृत र नगद प्रदान गरिने भएको छ । नगरभित्र सुविधा सम्पन्न क्रिकेट मैदान बनाउनको लागि सम्भावित अध्ययन गरी यसै आवमा मैदान निर्माण गर्न बजेट विनियोजन गरिएको दाहालले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top