sujim bazar advert

सरसफाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न

    असार ७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Gita Dahal Bidur Muncipality Office Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

बट्टार, नुवाकोट/ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ स्थित भिमसेन माध्यमिक विद्यालयमा प्रजनन स्वास्थ्य तथा महिनावारी शिक्षा बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका जुनियर रेडक्रस सोसाइटीको आयोजनामा भएको कार्यक्रममा विदुर नगरपालिकाका उप-प्रमुख गीता दाहालको प्रमुख आतिथ्यतामा रहेको थियो । उहाँले अभिमुखिकरण कार्यक्रम महत्वपूर्ण, आचित्यपूर्ण र प्रभावकारी भएको धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्सव अर्यालले उप-प्रमुख दाहाललाई सरसफाइ सामग्री प्रदान गर्नुभएको थियोे ।

कार्यक्रमका विशिस्ट अतिथि नेकपाका नेता लिलानाथ न्यौपानेले विद्यालयका छ जना जेहेन्दार विद्यार्थीका लागि जनही एक हजार रुपैंयाका दरले वार्षिक छ हजार रुपैंया सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी छात्रा तथा विद्यालयका जुनियर रेडक्रस सोसाइटीका अध्यक्ष सुचना लामाले कार्यक्रम प्रभावकारी र जीवन उपयोगी शिक्षा रहेको बताए ।

कार्यक्रममा उप-प्रमुख दाहालले सहभागी छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको थियो । उक्त सेनेटरी प्याड बट्टार चस्मा पसलको सौजन्य रहेको थियो । 

कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका प्रतिनिधि मे.सु.डा. विवेक पौडेल, नर्सिङ अफिसर सिर्जना राना, उत्सव अर्याल, बासुदेव बानियाँ लगायतकाले प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा कक्षा पाँचदेखि दशसम्मका सयजना छात्राहरूको सहभागीता रहेको थियो ।

Image may contain: 3 people, people smiling, people on stage and indoor

Image may contain: 9 people, people sitting

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top