२०८१, १३ बैशाख बिहीबार

सरसफाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न

    असार ७ २०७५ २२:३८

Gita Dahal Bidur Muncipality Office Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार, नुवाकोट/ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ स्थित भिमसेन माध्यमिक विद्यालयमा प्रजनन स्वास्थ्य तथा महिनावारी शिक्षा बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका जुनियर रेडक्रस सोसाइटीको आयोजनामा भएको कार्यक्रममा विदुर नगरपालिकाका उप-प्रमुख गीता दाहालको प्रमुख आतिथ्यतामा रहेको थियो । उहाँले अभिमुखिकरण कार्यक्रम महत्वपूर्ण, आचित्यपूर्ण र प्रभावकारी भएको धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्सव अर्यालले उप-प्रमुख दाहाललाई सरसफाइ सामग्री प्रदान गर्नुभएको थियोे ।

कार्यक्रमका विशिस्ट अतिथि नेकपाका नेता लिलानाथ न्यौपानेले विद्यालयका छ जना जेहेन्दार विद्यार्थीका लागि जनही एक हजार रुपैंयाका दरले वार्षिक छ हजार रुपैंया सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी छात्रा तथा विद्यालयका जुनियर रेडक्रस सोसाइटीका अध्यक्ष सुचना लामाले कार्यक्रम प्रभावकारी र जीवन उपयोगी शिक्षा रहेको बताए ।

कार्यक्रममा उप-प्रमुख दाहालले सहभागी छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको थियो । उक्त सेनेटरी प्याड बट्टार चस्मा पसलको सौजन्य रहेको थियो । 

कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका प्रतिनिधि मे.सु.डा. विवेक पौडेल, नर्सिङ अफिसर सिर्जना राना, उत्सव अर्याल, बासुदेव बानियाँ लगायतकाले प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा कक्षा पाँचदेखि दशसम्मका सयजना छात्राहरूको सहभागीता रहेको थियो ।

Image may contain: 3 people, people smiling, people on stage and indoor

Image may contain: 9 people, people sitting

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top