sujim bazar advert

ट्राफिक प्रहरी कार्यालय नुवाकोटको १ करोड १० लाख २५ हजार ५ सय राजश्व संकलन

    असार ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

district police office nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/चालु आर्थिक वर्षको ११ महिनाको समयावधिमा ट्राफिक प्रहरी कार्यालय नुवाकोटले १ करोड १० लाख २५ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ ।

नुवाकोट जिल्लामा विभिन्न रुटमा चल्ने सवारी साधनहरुमध्ये  १७ हजार ७ सय सवारीसाधन कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लाईसेन्स नबोकी सवारी साधन चलाउने, झुन्डिएर यात्रा गराउने, क्षमता भन्दा बढी यात्रु अर्थात् समान लोड गर्ने, हेल्मेट बिना मोटरसाईकल हाक्ने तथा मदिरा सेवन गरी  सवारी साधन हाक्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख शम्भूबहादुर अधिकारीले बताउनुभएको छ । यस्तै, जिल्ला भरीका विभिन्न रुटमा चल्ने सवारी साधनहरुले ट्राफिक नियम उल्लघंन गरे बापत ती सवारी साधनहरुलाई नियमानुसार रकम असूली गरी कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका नुवाकोटका प्रमुख अधिकारीले बताउनुभएके छ ।  उहाँले चालु आर्थिक बर्षमा सबैभन्दा बढी फागुन महिनामा र सबैभन्दा कम जेठ महिनामा सबारी साधन कार्बाहीमा परेको जानकारी गराउदै  अघिल्ला बर्षहरुको तुलनामा चालु आर्थिक बर्षमा  केही हदसम्म दुर्घटना न्यूनीकरण भएको बताउनुभएको छ ।

ट्राफिक नियमको कडाईका साथ कार्यान्वायन गरी ब्यबस्थीत बजार सञ्चालन, दुर्घटनाको न्यूनिकरण गर्न र यात्रुहरुको यात्रालाई सहजीकरण गर्न  नुवाकोट ट्राफिक प्रहरी अहोरात्र खटिएको  ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  यस्तै, ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालयको टोल टोलमा प्रहरी अभियानसँग समन्वयन गरी नागरिकहरुलाई ट्राफिक नियमबारे जानकारी गराउदै आएको बताउनुभएको छ । उहाँले अहिले जिल्लाभरका स्थानीय निकायसँग आपसी समन्वयन गरी बिभिन्न स्थानीय तहमा रहेका बिद्यालयमा गएर बिद्यार्थीहरुलाई  ट्राफिक नियमबारे जानकारी प्रदान गराउने आगामी योजना रहेको बताउनुभएको छ ।

जिल्लामा आबश्यक जनशक्ति र आर्थिक बजेट र प्रबिधिको अभाबका कारण ट्राफिक नियमलाई प्रभाबकारी बनाउन चुनौती देखिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ । ट्राफिक कार्यालय नुवाकोटले गत आर्थिक वर्ष ९५ लाख ५३ हजार ५ सय रुपैया राजश्ब संकलन गरेको बताउदै  गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्ष १४ लाख ७२ हजार रुपैया राजश्ब बृद्धि भएको बताएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top