sujim bazar advert

जिल्ला प्रशासन कार्यालय रसुवाको हटलाईन सेवा संचालन

    असार ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

district administration office rasuwa
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

रसुवा/जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकको समस्या तथा गुनासो सुन्नका लागि आजदेखि हटलाइन सेवा सुरु गरेको छ ।

जिल्लाको समग्र सार्वजनिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतको विषयमा भएका तथा हुन सक्ने गुनासो, सुझाव तथा जानकारी लिएर समाधान गर्नका लागि हटलाइन सेवा सुरु गरिएको हो ।

हटलाइन सेवा २४ सै घण्टा सुचारु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभएको छ । विपद् र शान्ति सुरक्षा सम्बन्धी सूचना आएमा तत्काल नै समाधान गरिने र सामान्य खालको गुनासो कार्यालय समयमा समाधान गरिने प्रमुख जिल्ला अधिकारी  पौडेलले बताउनुभएको छ ।

उहाँले राति प्राप्त भएको घटना ठुलो खालको भए तत्कालै समाधान गरिन भन्दै   सार्वजनिक सेवा प्रवाह सम्बन्धी सूचनाको कार्यालय समयमा समाधान गर्ने बताउनुभएको छ ।  कार्यालयमा आएका सार्वजनिक सेवा प्रवाहको गुनासो समाधानका लागि सम्बन्धीत कार्यालयलाई चिठी लेखेर जानकारी गराउने कार्यालयले जनाएको छ ।

हटलाईन नम्बर ०१०५४००१९ रहेको छ । यस्तै, कार्यालयले विपद् बारे जानकारी दिनका लागि एसएमएस सेवा समेत सुचारु गरिसकेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top