२०८१, १३ बैशाख बिहीबार

जिल्ला प्रशासन कार्यालय रसुवाको हटलाईन सेवा संचालन

    असार ६ २०७५ २०:३८

district administration office rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा/जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकको समस्या तथा गुनासो सुन्नका लागि आजदेखि हटलाइन सेवा सुरु गरेको छ ।

जिल्लाको समग्र सार्वजनिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतको विषयमा भएका तथा हुन सक्ने गुनासो, सुझाव तथा जानकारी लिएर समाधान गर्नका लागि हटलाइन सेवा सुरु गरिएको हो ।

हटलाइन सेवा २४ सै घण्टा सुचारु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभएको छ । विपद् र शान्ति सुरक्षा सम्बन्धी सूचना आएमा तत्काल नै समाधान गरिने र सामान्य खालको गुनासो कार्यालय समयमा समाधान गरिने प्रमुख जिल्ला अधिकारी  पौडेलले बताउनुभएको छ ।

उहाँले राति प्राप्त भएको घटना ठुलो खालको भए तत्कालै समाधान गरिन भन्दै   सार्वजनिक सेवा प्रवाह सम्बन्धी सूचनाको कार्यालय समयमा समाधान गर्ने बताउनुभएको छ ।  कार्यालयमा आएका सार्वजनिक सेवा प्रवाहको गुनासो समाधानका लागि सम्बन्धीत कार्यालयलाई चिठी लेखेर जानकारी गराउने कार्यालयले जनाएको छ ।

हटलाईन नम्बर ०१०५४००१९ रहेको छ । यस्तै, कार्यालयले विपद् बारे जानकारी दिनका लागि एसएमएस सेवा समेत सुचारु गरिसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top