sujim bazar advert

अत्यावश्यक १० स्थानमा सार्वजनिक शौचालय निर्माण गर्दै कामपा, साउनदेखि निर्माण कार्य अघि बढ्ने

    असार ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Kathmandu Municipality Office
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न १० स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वजनिक शौचालयको निर्माण गर्ने कार्य अगाडि बढाउने कामपा निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले बताए ।

उनले भने ‘शुरुमा अत्यावश्यक दश स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ, एउटा शौचालयको निर्माण लागत १० लाख लाग्ने अनुमान छ ।’

एउटा शौचालय निर्माण गर्न कम्तीमा ४ महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरी थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्रथमिकतामा राखेको भएपनि हालसम्म उक्त कामले गति लिन सकेको छैन् ।

गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि कामपालाई अनुमति दिइसकेको छ ।

पानी समस्याका कारण सुन्धारा, रत्नपार्कलगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन् । सरकारले सन् २०१८ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top