२०८१, १३ बैशाख बिहीबार

नुवाकोटका ३ स्वास्थ्य संस्थालाई अल्ट्रासाउण्ड उपकरण

    असार ४ २०७५ १५:४८

ultrasound machine distribution in Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि सहज होस् भनेर अल्ट्रासाउण्ड उपकरण प्रदान गरिएको छ।

खरानीटार प्राथमिक स्वास्थ्य केन्द्र, देउराली प्राथमिक केन्द्र र काहुले स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार अल्ट्रासाउण्डका उपकरण प्रदान गरेको हो । अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि विशेष गरी गर्भवतीलाई सहज हुने खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा यशु पोखरेलले बताइन्।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उपकरण हस्तान्तरण गर्दै रेडक्रसले समुदायका नागरिकको स्वास्थ्यमा ध्यान दिएर उपकरण हस्तान्तरण गरेको बताए। प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले उपकरणको सही उपयोग गरी सेवा प्रवाह गर्नुपर्ने बताए।

उपकरणको माध्यमले गर्भवतीको पेटमा रहेको भ्रुणको अवस्था, तौल तथा सुरक्षित सुत्केरी हुन सक्ने या नसक्ने अवस्थाका वषयमा जानकारी पाइने भएकाले यस्ता उपकरण ग्रामीण भेगका सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने सेवाग्राहीको माग छ । बर्थिङ सेन्टर सञ्चालन भएका सबै स्वास्थ्य संस्थामा भिडियो एक्सरेको माग भएको सामुदायिक विकास केन्द्रका सामाजिक परीक्षक अमित गजुरेलले बताए। (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top