२०८०, १६ चैत्र शुक्रबार

नगर प्रमुखबाट वृक्षारोपण रोपण

    असार १ २०७५ २१:४२

plantation bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ विदुर नगरपालिका वडा नं. ४ स्थित सिमचौरको खुल्लाभागमा बिरुवा रोपण कार्य सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितले रुद्राक्षको बिरुवा रोपेर कार्यक्रम सुरु गर्नुभएको थियो । वातावरण संरक्षणमा बोटबिरुवाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले यस्ता गतिविधिहरुलाई अन्य खुल्ला ठाउँमा वृक्षारोपण गर्यो भने स्वच्छ पर्यावरण निर्माण हुने र मानव जीवन स्वस्थ्य हुने उहाँले बताउनुभयो ।

त्रिशुली नदि किनार नजिक खुल्ला भागमा रोपिएकोले यसको महत्व झनै बढ्न गएको विदुरनपा वडा नं.४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो ।

धर्म ग्रन्थमा बहुमुल्य र महत्वपूर्ण मानिने बर, पिपल, रुद्राक्ष, पारिजात लगायतका १०० बिरुवा रोपण भएको विदुरनपा-४ का वडासदस्य वसन्त रिजालले बताउनुभयो ।

कार्यक्रममा समाजसेवी मधुसुदन रिजाल लगायत स्थानीयको सहभागितामा वृक्षारोपण गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top