२०८१, १४ बैशाख शुक्रबार

टोलटोलमा प्रहरी अभियान सुरु (भिडियोसहित)

    असार १ २०७५ २३:१०

Basanta Kuwar DSP District Police Office Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/जिल्ला प्रहरी कार्यलय नुवाकोटले स्थानियस्तरमा जनतालाई शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन अवधारण गराउन “टोलटोलमा प्रहरी” अभियान सुरु गरेको छ ।

आज पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख बसन्तबहादुर कुवरले नुवाकोटको विदुर नगरपालिकाको १३ वटै वडाहरुमा अभियान आजबाट सुरु भएको जानकारी दिनुभयो । स्थानिय स्तरमा हुने सेवामा सुधार, विपद व्यवस्थापन क्षमता अभिवृद्धि र शिघ्र परिचालन, अध्यागमनको आधुनिकिकरण, ट्राफिक व्यवस्थापन लगायत क्रियाकलाप नागरिक स्तरमा पुर्याउन अभियान सुरु गरिएको प्रमुख  कुवरले बताउनुभएको छ ।

सो अभियानबाट नागरिक र प्रहरी बीच सुमधुर सम्बन्ध स्थापना, समाजमा हुने सबै प्रकारका अपराधका घटनामा न्यूनीकरण, शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीवासीको अपनत्व बढ्ने र नागरिक चेतनाको विकास हुने अपेक्षा गरिएको छ ।

अभियानले गुण्डागर्दी नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य वा न्यूनीकरण, तस्कारी, ठगी, लुटपाट, लागुऔषध तथा यसका कारोवारवालाको नजिकबाट निगरानी तथा नियन्त्रण र घटना घटनुपूर्व सावधानी अपनाउन सहयोग गर्ने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top