+
Search

ताजा अपडेट +

पपुलर +

सूर्यगढी खुला दिसामुक्त र पूर्ण खोपयुक्त (फोटोफिचर)

Chokade Rural Muncipality Office Nuwakot
डबली खबर
७ साल अगाडी

नुवाकोट/सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ ।

वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीयतहको रुपमा खुला दिसामुक्त क्षेत्र र चौथो पूर्णखोपयुक्त भएको घोषणा गर्नुभएको हो ।

Image may contain: 2 people, people standing and beard

साविकका चार गाविस लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश गरी बनेको सूर्यगढी गाउँपालिकाभित्रका चार हजार ४२ घरधुरीमध्ये ९९ प्रतिशतले पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा सरसफाइको एक हिस्साका रुपमा रहेको खुला दिसामुक्त क्षेत्र घोषणा भएको पूर्व अर्थमन्त्री महतले घोषणा गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य महतले सरसफाइ र स्वास्थ्यप्रति जागरुक हुँदै भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माण हुन अझै बाँकी रहँदा पक्की शौचालय निर्माण गरी सभ्य समाजका रुपमा देखिएको चेतनाले आर्थिक समृद्धि तथा विकासको गतिमा अघि बढ्न प्रेरणा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गाउँपालिकामार्फत प्रवाह हुने सेवामा स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने बताउनुभयो ।

यहाँका बाह्र स्थानीय तहमध्ये अब ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका मात्र खुला दिसामुक्त क्षेत्र हुन बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

यस्तै, गाउँपालिकाभित्र खोपको पहुँचमा आउनुपर्ने १६ देखि २३ महिनासम्मका २०६ जना बालबालिका सबैले तोकिएको ११ प्रकारका खोप लिएकाले जिल्लाको चौथो स्थानीयतहको रुपमा सूर्यगढीलाई पूर्ण खोपयुक्त भएको घोषणा पनि गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोपयुक्त घोषणा गर्न अझै आठ स्थानीयतह बाँकी रहेका छन् । (रासस)

र यो पनि,

सुर्यगढी खुल्ला दिसामुक्त हुँदै (भिडियोसहित)

नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

नुवाकोटलाई जेष्ठ ८ मा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिंदै

दिसामुक्त क्षेत्र घोषणामा नुवाकोट बाधक

 

Image may contain: 8 people, including Santaman Tamang, people standing

Image may contain: 3 people, crowd and outdoor

Image may contain: 6 people, people sitting and text

Image may contain: 20 people, crowd, child and outdoor

Image may contain: 26 people, crowd and outdoor

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ