२०८१, १३ बैशाख बिहीबार

समृद्ध शिवपुरीको लागि सर्वपक्षीय बैठक

    असार १ २०७५ ११:०१

shivapuri rural muncipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

शिवपुरी/शिवपुरी गाउँपालिकाले जनप्रतिनिधि, राजनीतिदल, समाजसेवी, शिक्षक, पत्रकार, सरोकारवालाहरुसँग आज सर्वपक्षीय बैठक आयोजना गरेको छ ।

यस वर्ष गाउँपालिकाको निति तथा कार्यक्रमको कार्यान्वन “समृद्ध शिवपुरी” निर्माण गर्न प्रभावकारी योजनाहरु कार्यान्वनको प्राम्भिक सुझाव सहित सर्बपक्षिय छलफल बैठक राखिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

बैठकमा आव २०७४ को कार्यक्रम, निति, बजेटको योजना र विकासको समिक्षा गरिएको थियो ।

यस आवमा शिवपुरी गापाको सबै वडाको मध्य भागबाट कृषि चक्रपथ र गाउँपालिकादेखि प्रत्येक वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्र, शिक्षा कृषि, पर्यटनलाई प्राथमिकता दिई योजना ल्याउन बैठकले सुझाव दिईएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top