शिवपुरी / नुवाकोट जिल्लाको पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापालाई पूर्व नेकपा (एमाले) र पूर्व माओवादी केन्द्रले आज संयुक्त रुपमा नारा जुलुस सहित शेराबगर पुगि १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
गत बर्षको बजेटमा जनताको आवश्यकता अनुसार काम हुन नसकेको र गापाको आठै वडामा भुकम्पपिडितहरुको आवास निर्माण किस्ता लिन झन्जट, गुनासो सुनाई नभएको, वडाले गरिने काममा विभेद, शिक्षक सरुवा/बढुवामा विभेद र वडाको योजनाहरुमा उपभोक्ता समिति गठन गर्दा निष्पक्ष नभएको भनि ज्ञापनपत्र बुझाईएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पदम उप्रेती बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा आउने बजेट कृषकहरूलाई नदिएको, मनोमानी कर्मचारी भर्ति, गापाभित्रको नदिहरुमा हुँदै आईरहेको अवैध बालुवा, ढुङ्गा उत्खनन कार्य रोकिनु पर्ने, वडा नं. ७ को सुईरे चौरमा निर्माण हुन लागिएको प्रदेश स्तरीय राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्र निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने, ३ दिनभित्र गाउँपालिकाले गरेको खर्चको विवरण सार्वजनिक सुनवाई राखिनुपर्ने र माग पूरा नभए कडा आन्दोलन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मीनबहादुर तामाङले बताउनुभयो ।
पहिलो वर्षमा भएको कमि कमजोरीलाई सुधार गरि मागको सम्बोधन गरिने वचन ब्यक्त गर्नुहुँदै ज्ञापनपत्र बुझेको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
-ज्ञापनपत्र-
प्रतिक्रिया