२०८१, ७ बैशाख शुक्रबार

महङगीविरुद्ध नेविसंघ नुवाकोट

    जेष्ठ ३० २०७५ १९:३९

Ne Bi Sangh Nuwakot Nepali Congress
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ बजारमा चर्किएको मूल्यवृद्धि सरकारले गराएको र नियन्त्रणमा गम्भीर नभएको भन्दै नेपाली विद्यार्थी सङ्घले देशभर विरोध प्रदर्शनको क्रममा नेपाल विद्यार्थी संघ (साविक) क्षेत्र नं ३ ले नुवाकोटले विदुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण जनता मर्कामा परेपनि सरकार गम्भीर नभएको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्लादोहन गरेको नेविसंघ नुवाकोटका क्षेत्रिय अध्यक्ष बिजय गुरुङले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता धुव्र अधिकारी, सन्तोष उप्रेती, गीता अमात्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top