२०८१, ६ बैशाख बिहीबार

कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने

    जेष्ठ ३० २०७५ १५:२३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा उहाँको पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष केसीले बताउनुभयो ।

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाल लगायतका अग्ला शिखर देखिन्छ । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ ।

सीतापाइलादेखि रामकोट, भीमढुंगा हुँदै दक्षिणतर्फ गएपछि स्विटजरल्याण्ड उद्यान पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ ।

प्रा रामकुमार पाँडे उहाँको सम्झनामा त्यस क्षेत्रमा एक दरबार र संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

उद्यमी भक्त प्रल्हादका अनुसार विसं १७७० मा जन्मेका वंशीधर पाँडे सैन्य कौशलतामा निपुण, राजनीतिक अनुभव तथा कूटनीतिक अनुभवका कारण काजी कालु पाँडेका रुपमा पहिचान बनाएको इतिहास पाइन्छ । उहाँको विसं १८१४ जेठ मा कीर्तिपुरको युद्धमा मृत्यु भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top