sujim bazar advert

सुर्यगढी खुल्ला दिसामुक्त हुँदै (भिडियोसहित)

    जेष्ठ २९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Chokade Rural Muncipality Office Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

चोकदे/सुर्यगढी गाउँपालिका यहि ३१ गते बिहिबारका दिन खुल्ला दिसामुक्त तथा पूर्ण खोप मुक्त घोषणा हुने भएको छ ।

सुर्यगढी गाउँपालिकाभित्रका पाँच वटै वडाका घरधुरीहरुमा शौचालय निर्माण भइसकेको र केहि घरधुरीमा मात्र बन्न बाँकि रहेको हुनाले उक्त घरधुरी पहिचान र अनुगमन गरी शौचालय निर्माणको लागि पहल गरिने सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङले बताउनुभयो। शौचालय निर्माण नगर्ने परिवारलाई गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाबाटसमेत बञ्चित गर्नुपर्ने अवस्थाको सिर्जना नगर्नसमेत सबै पालिकाबासीहरुलाई आग्रह गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

Santa Bahadur Tamang Chairman Suryagadhi Rural Muncipality

तामाङले चर्पीको प्रयोग भए नभएको खबरदारी गर्ने, अवस्था अनुसार पुरस्कार र दण्डको व्यवस्था गर्ने, सरसफाईलाई आर्थिक उपार्जनसँग जोड्न सकिन्छ भन्ने परिपाटीलाई समुदायमा विश्वास दिलाई आन्तरिक तथा बाहय पर्यटनमा जोड दिन सबैलाई सरसफाई अभियानमा सहभागी हुन समेत अनुरोध गर्नुभएकोछ ।

गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको बैठकमा सबै वडाअध्यक्षहरुले आफ्नो वडामा शौचालय निर्माण नभएका घरहरुको पहिचान गरी शौचालय निर्माण र सरसफाई अभियानलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

नुवाकोटलाई जेष्ठ ८ मा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिंदै

दिसामुक्त क्षेत्र घोषणामा नुवाकोट बाधक

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top