२०८१, ११ बैशाख मंगलवार

नुवाकोटको बट्टारमा यामाहाको नयाँ शोरुम, एक्सचेन्ज र फाइनान्सको सुविधा

    जेष्ठ २४ २०७५ १४:३४

Yes Yamaha Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले आजबाट नुवाकोटको बट्टारमा नयाँ डिलर सुरु गरेको छ ।

पहाडी क्षेत्र (अफ रोड) लाई मध्यनजर गरी यामाहाका मोटरसाइकल र स्कुटरहरु नुवाकोटका लागि उपयुक्त रहेको कार्यक्रमका प्रमुख अतिथि नुवाकोट समन्वय समितिका प्रमुख सन्तमान तामांगले बताउनुभयो । नुवाकोटको ग्राहकलाई मध्यनजर गरी टेस्ट ड्राइभ, ट्राफिक नियम तथा कुशल चालक बन्नको निम्ति कक्षा संचालन गर्न सल्लाह दिनुभयो ।

नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको आकर्षणलाई दृष्टिगत गरी नयाँ डिलरसिप संचालनमा ल्याएको एमएडडब्लुका सहायक बजार व्यवस्थापन प्रमुख रोशन केसीले बताउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, महासचिव दिपक कायस्थ, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. ३ का संयोजक सन्तोष उप्रेती, बैंकका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

एमएडब्लुले त्रिशुली अटोमार्फत नुवाकोटका ग्राहकलाई थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) को सुविधा सुरु गरेको छ  । साथै कम्पनीले मोटरसाइकल र स्कुटरको खरिदमा एक्सचेन्ज र फाइनान्सको सुविधा पाइने पनि जानकारी दिएको छ । नेपाली बजारमा विभिन्न भेरियन्टका मोटरसाइकलहरु तथा स्कुटरहरु विक्री वितरण गर्दै आइरहेको कम्पनीले हालसम्म यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी ४ मोडेलमा दुइपाँग्रे सवारीसाधनहरु विक्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top