sujim bazar dashain tihar bumper offer

हाम्रो विकास बैंक दश वर्षमा

    जेष्ठ २४, २०७५

sizen education study in Japan
ananda Jewellery shop

Hamro Bikas Bank Ltd.
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट/यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ ।

विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश वर्षमा रु एक अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा बैंकले रु एक अर्ब ४९ करोड कर्जा प्रवाह गर्दै तीन करोड ८७ लाख कमाउन सफल भएको छ ।

“बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ,” उहाँले भन्नुभयो “नुवाकोटमा मात्र कार्यक्षेत्र रहेको बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेका छौँ ।”

गत आव विसं २०७३/०७४ मा मुनाफाबाट बैंकले नेपाल सरकारलाइ रु एक करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो भने विसं २०७२/०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा नेपाल सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।

बैंकले आधुनिक बैंकिङको क्रममा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ भने आगामी दिनमा एटीएमलगायतका सेवा शुरु गर्न लागेको बैंकका अध्यक्ष हरिप्रसादले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top