sujim advert

स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

    जेष्ठ २३, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट/ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ ।

चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । cको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै आएकामा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ ।

“नयाँ भवनबाट सेवा प्रवाह गर्ने सपना सपनामै सीमित हुने भो”, स्वास्थ्यचौकीका इन्चार्ज सुरेश गैरेले भन्नुभयो “भवन निर्माण सम्पन्न हुन अझै दुई वर्ष जति लाग्ला । करीब साठी प्रतिशत काम भयो होला ।”

ठेकेदारले निर्माण थालेर बीचमै काम स्थगत गरेपछि निर्माणको काम अलपत्र परेको हो । एक वर्षपछि ठेकेदारले वैशाख लागेपछि काम थाले पनि वर्षात्को कारण ढुवानीको समस्या, जिल्लामा गिटी बालुवाको अभाव देखाउँदै फेरि काम नगरेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ककनी गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष शेषमान लामाले बताउनुभयो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top