+
Search

ताजा अपडेट +

पपुलर +

भिरबाट लडेर मृत्यु

death body
डबली खबर
७ साल अगाडी

रसुवा/ दाउरा काट्न गएका एक युवकको आज भिरबाट लडेर मृत्यु भएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेगाउँस्थित ससुराली घर बस्दै आएका नुवाकोट किस्पाङ गाउँपालिका–३ का ३६ वर्षीय कान्छा वाइवाको दाउरा काट्न जंगल जाने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ