sujim bazar advert

स्काउटमा आबद्ध हुन प्रमको आह्वान

    जेष्ठ १७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

KP Oli
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गर्नुभएको छ ।

ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफूले पनि स्काउटको सदस्य भएर सामाजिक सेवा पु¥याएको स्मरण गर्दै आर्थिक विकास र समाज रुपान्तरणका लागि सरकारले स्काउटलगायत सामाजिक संस्थासँग साझेदारी गरी अघि बढ्न चाहेको बताउनुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटको अन्तर्राष्ट्रिय कुम्भका रुपमा रहेको ज्याम्बोरी सञ्चालन गर्न आवश्यक सहयोगको प्रबिद्धता जनाउनुभयो । “नेपाल सरकारको कार्यक्रम सञ्चालन गर्न युवा मन्त्रालयमार्फत रु दुई करोड सशर्त अनुदान सहयोग आएको छ । यहाँको क्रियाकलापमा त्यसभन्दा बढीसमेत खर्च लाग्ने देखिएकाले त्यसका लागि थप सहयोग गर्न मन्त्रालय तयार छ”, उहाँले भन्नुभयो ।

नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले युवाशक्ति नै देशको मुख्य मेरुदण्ड भएकाले युवा लक्षित कार्यक्रममार्फत देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय गौरवका रुपमा जारी रहेको ज्याम्बोरीलाई लिइएको जानकारी दिनुभयो ।
प्रचारप्रसार संयोजक राजीव खत्रीले तेस्रो ज्याम्बोराी पनि उत्साहका रुपमा समापन हुँदै विश्वसामु सही सन्देश प्रवाह गर्न सक्षम हुने जानकारी दिनुभयो ।

नेपालमा यसअघि प्रथम ज्याम्बोरी कीर्तिपुर र दोस्रो चितवनमा भएको थियो । स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनामार्फत राष्ट्रका लागि सबल, इमान्दार, अनुशासित, आज्ञाकारी एवं क्रियाशील नागरिक निर्माण गरी तेस्रो ज्याम्बोरी आगामी सोमबार समापन हुनेछ । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्दै आएको स्काउट नेपालमा विसं २००९ मा स्थापना भएको थियो । यसमा १४ वर्षमाथिका व्यक्ति आबद्ध हुन्छन् । ज्याम्बोरीमा दशभन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाका पाँच हजारभन्दा बढी स्काउटमा सहभागी छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top