२०८१, १३ बैशाख बिहीबार

“नुवाकोट जिल्ला खुरापाती मान्छे बसेको जिल्ला हो” एसपी कुँवर (भिडियोसहित)

    जेष्ठ १३ २०७५ ०९:५१

basanta kunwar nuwakot sp
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । नुवाकोटमा प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले नुवाकोट जिल्ला खुरापाती बस्ने जिल्ला भएको बताएका छन् ।

अदालतको आदेशपछि जिल्लाका क्रसर उद्योगहरु सबै बन्द भएपछि नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको समन्वयात्मक छलफल कार्यक्रममा एसपी कुँवरले नुवाकोटलाई खुरापातीको जिल्ला भएको बताएका हुन् ।

उनले नुवाकोट जस्तो खुरापाती मान्छे बसेका जिल्ला अरु नभएको बताएका हुन् । एसपी कुँवरले व्यवसायीको रिसले पुरै जिल्लाका नागरिकहरुलाई खुरापातीको नाम दिएका छन् ।

नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले व्यवसायीहरुको मागको विषयलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसिमा असार मसान्त ग्रुजने बताउनुभयो ।

सर्वोच्च अदालतले गत हप्ता मात्र नुवाकोटका क्रसर उधेग बन्द गराउन आदेश दिएपछि जिल्ला प्रहरीले नुवाकोटको क्रसर उद्योग बन्द गराएको थियो । क्रसर उद्योग बन्द भएपछि जिल्लामा निर्माणजन्य सामाग्रीहरुको अभाव भएको छ जसले गर्दा भुकम्पपिडितहरु मारमा परेका छन ।

व्यवसायीहरुले आफनो मागको विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय र सबै स्थानिय तहमा पनि जानकारी दिने बताएका छन ।

कार्यक्रमका थप भिडियोहरु:

सन्तमान तामाङ / प्रमुख, जिल्ला समन्वय समिति नुवाकोट

रमेश तामाङ / अध्यक्ष, पञ्चकन्या गाउँपालिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top