sujim advert

ईलाका प्रशासन कार्यालयमा ताला

    माघ १०, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Nuwakot Staff Government Nepal
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

दुप्चेश्वर । इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ ।

इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा, तादी गाउँपालिका–१, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिका–३ र ४ गरी १३ वडाका नागरिकलाई सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय कर्मचारी अभावले बन्द भएको हो ।

प्रमुख नहुँदा इलाका कार्यालयबाट प्रवाह हँुदै आएको नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिश लगायतको काम लिन नागरिक बिदुर आउन बाध्य भएका छन् । इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी, गाउँखर्क, बेतिनी लगायतबाट १८ कोसभन्दा बढी पर्ने दुई दिनको दूरी पार गरी विदुरस्थित जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन् ।

निमित्त प्रमुख ऋषेश्वर न्यौपानेको काज अवधि पूरा भएर प्रशासन कार्यालयमा फर्किएपछि इलाका कार्यालयमा सहयोगी मात्र रहेका छन् । कर्मचारी नभएको जानकारी नहुँदा इलाका कार्यालय पुगेका सेवाग्राही जिल्लास्थित कार्यालयमा जान बाध्य हुँदै आएका छन् ।

इलाका कार्यालयका लागि अधिकृतको दरबन्दी भए पनि गृह मन्त्रालयबाट पदपूर्ति नहँुदा केही दिन सेवा बन्द हुन पुगेकाले सामान्य रुपमा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । “केन्द्रबाट समयमै कर्मचारी व्यवस्थापन नभएकाले जिल्लाबाट अर्को व्यवस्थापनको तयारीमा लागेका छौँ,” प्रजिअ यादवले भने, “अवरुद्ध भएको सेवा अर्को सातासम्ममा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा दुईजना अधिकृत कार्यरत भएकाले कुनै एकजनालाई पठाउन गृहबाट अनुमति लिनु नपर्ने भएपनि त्यसतर्फ प्रशासन कार्यालयले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top