sujim advert

नुवाकोटमा ३५ हल गोरु जुधाइयो (फोटो फिचर)

    माघ १, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bull fight nuwakot nepal
bidur tax consultancy services in nuwakot

तारुकामा २० हल, बेत्रावतीमा १० हल र पञ्चकन्यामा ५ हल गोरु जुधाइ

नुवाकोट / माघेसंक्रान्तिमा नुवाकोटमा विभिन्न स्थानमा गोरु जुधाएर रमाइलो गरिएको छ । माघेसंक्रान्तिमा गोरु जुधाउने चलन नुवाकोट धादिङतिर वर्षौदेखि चलिआएकामा पछिल्लो समय हराउँदै गएको गोरु जुधाउने चलनलाई २०६२ सालदेखि तारुकाका व्यवस्थित रुपमा जुधाउन थालेपछि अहिले यसको प्रचार व्यापक भएको छ ।

यो वर्ष पनि नुवाकोटको तीन स्थान गोरु जुधाईलाई सफलरुपमा सञ्चालन भएको छ । तारकेश्वर गाउँपालिका– ३ तारुकामा २० हल र विदुर नगरपालिका–१० बेत्रावतीमा १० हल र पञ्चकन्यामा ५ हल गोरु जुधाइएको छ ।

तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने भएको छ । दुबैस्थानमा नेपाल पर्यटन बोर्डसमेत प्रबन्धनको लागि सहयोग गरेको छ ।

मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा १० हल गोरु जुधाइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो । बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिएको थियो ।

यो वर्ष पनि तारुमा हजारौं दर्शकहरुले गोरु जुधाएको मनोरन्जन लिन पुगे । तारुकामा २० हल गोरु जुधाइएको थियो । तारुकाको गोरु जुधाई हेर्न एमाले महासचिव ईश्वर पोखरेल, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायत पनि पुग्नु भएको थियो । महासचिव पोखरेलले परम्परालाई जोगाई राख्ने हो भने यो मेलालाई व्यवस्थित र सुरक्षित गराउन ध्यान दिनु पर्ने बताउनुभयो ।

पञ्चकन्या गाउपालिकाको घलेभञ्याङ्मा भएको गोरु जुधाईमा बिष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याको गोरु पहिलो, राजकुमार थापा भद्रुटार दोस्रो , तेजबहादर थापा पञ्चकन्या तेस्रो भएको छ ।

पहिलोलाई १० हजार, दोर्साेलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।

जिल्लाको अन्य स्थानमा एक पटक जुधाएर हारजीत भएपछि फेरी दोस्रो चरणमा जुधाउने चलन छैन । तर पञ्चकन्यामा जित्ने जित्नेलाई फेरि जुधाएर पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको थियो ।

NUwakot Goru Judhai Bull Fight Nuwakot

Image may contain: sky, cloud, outdoor and nature

Image may contain: one or more people, crowd, tree, sky, basketball court and outdoor

Image may contain: 5 people, crowd and outdoor

Image may contain: one or more people, people standing, tree, outdoor and nature

Image may contain: one or more people, people standing, sky, tree, basketball court, outdoor and nature

Image may contain: one or more people, tree, sky, outdoor and nature

Image may contain: 1 person, smiling, crowd, sky, outdoor and nature

Image may contain: one or more people, crowd, tree, sky, outdoor and nature

Image may contain: 1 person, standing, sky and outdoor

Image may contain: one or more people, sky, outdoor and nature

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top