sujim bazar advert

नुवाकोट जिल्लामा नै पहिलो एकीकृत बस्ती शिलान्यास

    पुस २८, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

namuna-ghar-nuwakot-ekikritbasti
Big Education Consultancy Nuwakot
global ime bank flash loan

खरानीटार / नुवाकोट जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्रधिकरण सामुदायिक तथा ग्रामीण बिकास समाज नेपाल कार्डसन नुवाकोट अक्सफामको सयुक्तं साझेदारीमा नुवाकोट जिल्लाको तादि गाउँपालिका वडा न ३ खरानीटारमा सोही गाउँपालिकाको उर्लेनि काल्चेका २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पबाट बस्ति नै बिस्तापित भएका थियो ।

सोही जनताहरुको २४ घरधुरिलाई एकीकृत आवास परियोजनामा बस्तीमा खरानीटारमा लिईएको हो ।

सो खरानिटार एकीकृत आवास परियोजना शिलान्यास प्रमुख अतिथि नुवाकोट जिल्ला समवन्य समितिका प्रमुख सन्तमान तामाङले शिलान्यास गर्नुभयो उहाले यस आवास परियोजनाले बिस्तापित समुदायहरुलाई स्थापित गर्न सहयोग भएको भन्दै बस्ती निर्माण संस्था कार्डसन अक्सफामलाई धन्यवाद दिनुभयो सो कार्यक्रममा विशेष अतिथि तादि गाउँपालिका अध्यक्ष नारायण पाण्डे उहाँले यस बस्ती परियोजनाले भुकम्प पिडितलाई आवास निर्माण गर्न सहज भएको बताउनुभयो।

कार्यक्रममा अतिथि अक्सफामका मानविय साहयता कार्यक्रम डाईरेक्टर किस्टोफर, अक्सफाम नुवाकोटका कार्यक्रम संयोजक अरुणकान्त पौडेल, कार्यक्रम सह-सयोजक ब्रहम देव राम, राष्ट्रिय पुनः निर्माण प्राधिकरण नुवाकोटका बेद प्रसाद गौडेल, नेकपा एमाले नुवाकोट जिल्ला आर्थिक विभाग प्रमुख केपि लामिछाने, नेपाली काङ्ग्रेसका बोध प्रसाद उप्रेती वडा न ३ अध्यक्ष मनोज उप्रेती रहनु भएको थियो ।

कार्यक्रम सामुदायिक तथा ग्रामीण बिकास समाज नेपाल कार्डसनका अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीको सभापति मा भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भुकम्प पुनंलाभ कार्यक्रम अन्तरगत एकिकृत आवास निर्माणले बिस्तापित पिडितलाई सहयोग भएको र आगामी दिनमा नुवाकोटको विभिन्न स्थान र शिवपुरी गाउँपालिकाको महाकालीमा ५० घर निर्माण गर्ने परियोजनाको लक्ष्य रहेको पनि बताउनु भयो ।

कार्यक्रम सञ्चालन कार्डसन नुवाकोटका कार्यक्रम निर्देशक इन्दिरा अधिकारीले गर्नु भएको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top