२०८१, १४ बैशाख शुक्रबार

जिल्ला समन्वय समिति नुवाकोटमा काँग्रेसको प्यानल विजयी

    भाद्र ८ २०७४ १२:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/जिल्ला समन्वय समिति नुवाकोटको सम्पूर्ण दलमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यालयमा भएको मतदानबाट नुवाकोट प्रमुखमा काँग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ ।

त्यस्तै उप प्रमुखमा अप्सरा थापा, महिला सदस्यमा धनमाया तामाङ र सम्झना सेढाई, दलित वा अल्पसङ्ख्यक सदस्यमा मैया शेर्पिनी, अन्य सदस्यहरुमा अभिनव फुयाल ‘जगदिश’, गणेशबहादुर शाही र रामहसिंह तामाङ निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समिति नुवाकोटको नौं सदस्यिय पदाधिकारीमा १८ जनाको उम्मेदवारी परेको थियो । नेपाली काँग्रेस एक्लै र नेकपा एमाले अनि माओवादी केन्द्रले गठबन्धन तयार गरेर दुई प्यानलमा चुनावी प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उप प्रमुख मात्रै मतदाता रहने जिल्ला समन्वय समितिमा काँग्रेसको १४ मत, एमालेको ६ र माओवादी केन्द्रको ४ मत रहेको थियो । एमाले माओवादीले संयुक्त प्यानल बनाएकोले काँग्रेसको १४ र एमाले माओवादीको प्यानलको १० मत रहेको थियो ।

दिउँसो भएको मतदानको परिणाम एक्कैछिनमा सार्वजनिक भएको थियो । जस अनुसार काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सदस्यहरु अभिनव फुयाल ‘जगदीश’ र गणेशबहादुर शाहीले आफ्नो पार्टी मतदाता भन्दा बढी मत प्राप्त गर्नुभयो । उहाँहरु दुवै जनाले १५/१५ मत प्राप्त गर्नुभएको छ । जिल्ला संयोजक सहितका अन्य सबै सदस्यहरुले भने १४/१४ मत प्राप्त गर्नुभएको छ । उहाँहरु दुवै सदस्यले एमाले – माओवादी प्यानलको एक मतदाताको बढी मत लिनुभएको हो ।

एमाले र माओवादीको संयुक्त प्यानलबाट रामहरि घिमिरे प्रमुख, विष्णुबहादुर बोगटी उपप्रमुख, सरस्वती उप्रेती, मिनुकुमारी तामाङ नेपाली र शर्मिला तामाङ महिला सदस्य, कृष्णबहादुर घले अल्पसंख्यक सदस्य, नारायणप्राद रिमाल, नविन पुडासैनी र विक्रम गुरुङ्ग अन्य सदस्यको उम्मेदवार रहनुभएको थियो । अन्य सदस्यमा एमाले माओवादी प्यानलबाट उम्मेदवार बन्नुभएका नारायणप्रसाद रिमाल र विक्रम गुरुङ्गले भने आफ्नो प्यानलमा रहेको भन्दा पनि एक मत कम पाउनुभएको छ । १० मत रहेकोमा उहाँहरु दुवै जनाले ९/९ मत प्राप्त गर्नुभएको हो ।

प्यानलका बाँकी सबै उम्मेदवारहरुले १०/१० मत प्राप्त गरेका छन् । आफ्नो बठबन्धनमा रहेको मतमा पनि एक/एक मत कम ल्याउने दुवै उम्मेदवाहरु नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकाहरु रहेका छन् ।

यसै बीच, नव निर्वाचित पदाधिकारीहरुको सपथग्हण कार्यक्रम यही साउन ३२ गते हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरु यस अघि निर्वाचित भएको वडा सदस्यहरुको पद कायम नहने या खारेज हुने भन्ने विषयमा भने अझै प्रष्ट भएको छैन । यस विषयमा परिपत्र आउन बाँकी रहेकोले यस अघि निर्वाचित भएको जिम्मेवारीबाट स्वत पद मुक्त हने, राजनीनामा दिनु पर्ने या काय रहने भन्ने विषयमा अझै प्रष्ट भने भएको छैन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top