sujim advert

नुवाकोटबाट २० हजारले नाम दर्ता गराए (सुचीसहित)

    भदौ ६, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

सुनील श्रेष्ठ / विदुर, निर्वाचन कार्यालय नुवाकोटले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा १९ हजार ४ सय ३१ जनाले नाम दर्ता गराएका छन् ।

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखी सञ्चालन गरिएको सो मतदाता नामावली थप अभियानमा ८ हजार ९ सय ३९ महिला र १० हजार ४ सय ९० पुरुषले नाम दर्ता गराएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताए ।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले तोकिएको कार्यालय पुगेर ककनी गाउँपालिकाबाट १ हजार ७ सय ९३, किस्पाङ गाउँपालिकाबाट ५ सय ७४, तादी गाउँपालिकाबाट ७ सय १४, तारकेश्वर गाउँपालिकाबाट ८ सय ९३, दुप्चेश्वर गाउँपालिकाबाट ७ सय ७८, पञ्चकन्या गाउँपालिकाबाट ५ सय ६२, बेलकोटगढी नगरपालिकाबाट ९ सय ९३, मेघाङ गाउँपालिकाबाट १ हजार १९, लिखु गाउँपालिकाबाट १ हजार २ सय ९७, शिवपुरी गाउँपालिकाबाट ९ सय ६३, सूर्यगढी गाउँपालिकाबाट ६ सय ८ र जिल्ला निर्वाचन कार्यालय नुवाकोटबाट ९ हजार २ सय ९१ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् ।

Election Commission Nepal Nuwakot New Voter List

त्यसै गरी नामावली त्रुटी सच्चाउने २ सय १२, जिल्लाभित्र ठाउँसारी ४ सय २२, जिल्ला बाहिर ठाउँसारी ७८ र नामावली हटाउनेमा ६ गरी मतदाताको अद्यावधिक गरिएको थियो ।

अध्ययन र कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु पनि आफ्नो मतदाता नामवली दर्ता गराउन आएको जानकारी अधिकारीले बताए ।

हालै भएको स्थानीय तहको निर्वाचनमा गत फागुन ९ गतेसम्म नाम अध्यावधिक भएका महिला १७५५५ र पुरुष १६७७६ गरी नुवाकोटमा ३४३३१  मतदाता थिए ।

election-commission-nepal-nuwakot-trishuli-web-service


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top