२०८१, १४ बैशाख शुक्रबार

राजनीतिक अस्थिरताले देश संकटमा : लोहनी

    श्रावण २ २०७३ १५:३२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा राजनीतिक अस्थिरताका कारण विभिन्न खाले संकट उत्पन्न भइरहेको बताएका छन् ।

इमान नभएकै कारण देशमा अस्थिरता र संकट बढेको हो ।

नुवाकोटको बट्टारमा शुक्रवार निरञ्जना भैरवी मिडिया प्रालिले सञ्चालनमा ल्याएको भैरवी न्यूज डट कमको शुभारम्भ गर्दै डा. लोहनीले देशमा राजनीतिक दलका नेताहरूमा इमानन्दारिता नहुँदा नागरिकले दुःख पाइरहेको बताए । ‘दलका नेतामा इमान्दारिता हराउँदै गएको छ, डा. लोहनीले भने– ‘इमान नभएकै कारण देशमा अस्थिरता र संकट बढेको हो ।’

राजनीतिक बेइमानीको यो भन्दा ठूलो उदाहरण अरू हुनै सक्दैन ।

अहिले माओवादीले सरकारबाट फिर्ता हुने निर्णय पनि राजनीतिक बेइमानीको गतिलो उदाहरण भएको दावी गर्दै नेता डा. लोहनीले एकले अर्कोको खुट्टा तान्ने प्रवित्ति मौलाउँदै गएमा नागरिक यसको मारमा पर्ने बताए । ‘माओवादीको यो भुल कालो इतिहास हुन सक्छ, लोहनीले भने– ‘राजनीतिक बेइमानीको यो भन्दा ठूलो उदाहरण अरू हुनै सक्दैन ।’

dr prakashchandra lohani

देशमा स्थायी शान्ति, संविधान कार्यान्वयन र परिवर्तनको लागि दलहरू सत्तामा भन्दा राजनीतिक एकतामा केन्द्रीत हुनुपर्ने बताउँदै सत्ता केन्द्रीत स्वार्थले अराजकता बताएको बताए ।

डा. लोहनीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रियता लगायत विभिन्न सकारात्मक काम गरेकाले सरकारको निरन्तरताको पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारे । ‘राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नेसम्मको इमान्दारिता पनि दलहरूमा देखिएन’– डा. लोहनीले भने ।

कार्यक्रममा पूर्व प्रधानसेनापति रूकमाङ्गद कटवालले राजनीतिक दलहरूमा राष्ट्रिय भावना हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीहरूलाई पनि राष्ट्रप्रति संवेदनशील हुन आग्रह गरे । उनले दलगत पत्रकारीताले देशको राष्ट्रियता र स्वाभिमानको संरक्षण नहुने बताए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले परम्परागत भावनालाई छाडेर नयाँ ढंगबाट पत्रकारिता गर्न आग्रह गरे । कार्यक्रममा नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, कृषि विकास वैंक सञ्चालक समितिका सदस्य रमेशकुमार महत, नयाँ शक्ति अभियान नुवाकोटका संयोजक कृष्ण कुँइकेल, भैरवी न्यूज डट कमका सञ्चालक तथा अधिवक्ता लक्ष्मी शर्मा, सञ्चालक विनोद दाहाल, राजु लोहनी लगायतले निष्पक्ष र स्वतन्त्र पत्रकारीताबाटै जनताको मन जित्न सकिने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top