विदुर, १९ असार । नुवाकोटमा भूकम्प पीडितलाई सरकारले प्रदान गर्ने रकमको पहिलो किस्ताको लागि सम्झौता भइरहेको छ ।
जिल्ला विकास समितिले नुवाकोटमा गाविसहरुमा बैंकमार्फत अनुदान वितरणको लागि सबै गाविसको लागि बैंक समेत तोकिसकेको छ । बैंकको शाखा कार्यालय भएको ठाउमै आएर सेवा लिन पर्ने भएकोले ग्रामीण समुदायका पीडितहरुको लागि वैंकिङ सेवा असुबिधा हुने भएको छ ।
वैंकहरुले गाउमै गएर सेवा दिन सक्ने अबस्था नभएको कारण पीडितहरुले सदरमुकाम केन्द्रित बैंकको कार्यालयमा धाउन बाध्य भएका छन् । सुरक्षाको कारण गाउमा गएर सेवा दिन नसकिने भन्दै बैंकहरु पन्छिएको कारण समस्या भएको हो ।
नुवाकोट जिल्लाको ६१ गाविस र विदुर नगरपालिकामा कुन बैंकमार्फत सेवा प्रवाह गर्न कार्यक्षेत्र तोकिएको छ । बागेश्वर गाविसका भूकम्प पीडितले कृषि विकास बैंक र देव विकास बैंकमार्फत अनुदान पाउने छन् । चारघरे गाविसमा हाम्रो विकास बैंक र हिमालयन बैंक, कल्याणपुर गाविसमा हिमालयन बैंक, नेपाल बंगलादेश वैंक, नेपाल बैंक र प्रभु बैंकले सेवा प्रवाह गर्नेछ ।
यस्तै, मनकामना गाविसमा प्रभु बैंक, सामरी गाविसमा प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र रिलायवल डेभलपमेन्ट बैंक, बुधसिङ, जिलिङ र खडगभञ्ज्याङमा भिवोर विकास बैंक, पञ्चकन्या, समुन्द्रंटार, सुन्दरादेवी र थप्रेक गाविसमा राष्ट्रिय वाणिज्य वैंक खरानीटार शाखाले सेवा प्रवाह गर्नेछ ।
दुईपिपल, तारुका, रातमाटे र चतुराले गाविसका भूकम्प पीडितहरुको लागि हाम्रो विकास बैंकले सेवा प्रवाह गर्नेछ । लिखु, तलाखु, महाकाली, सुनखानी, भद्रुटार, तुप्चे, बर्सन्चेत र थानसिङ गाविसका कृषि विकास बैंक, सिक्रे, छाप सुमन्द्रादेवी, थानापति, कविलासमा हाम्रो विकास वैंकले सेवा प्रवाह गर्नेछ ।
ककनी, बालकुमारी, बेतिनी, गाउखर्क, राउतवेसी, घ्याङफेदी, शिखरवेसी, उर्लेनी, रालुकादेवी, खरानीटार गाविसमा राष्ट्रिय वाणिज्य वैंक खरानीटार शाखाले सेवा प्रवाह गर्ने भएको छ ।
यस्तै भाल्चे, दाङसिङ गाविसमा भूकम्प पीडितलाई देव विकास बैंक, किम्ताङमा आइसीएफसी बैंक, साल्मे, गेर्खु, काहूनेमा नेपाल बैंक, बेलकोटमा नेपाल बंगलादेश वैकले सेवा प्रवाह गर्नेछ ।
चाउथे, देउरालीमा प्रभु बैंक, बुङताङ, ओखरपौवा, कमुरी गाविसमा प्राइम, मदानपुरमा रिलायबल बैंक, खानीगाउ, सूर्यमति, चौघडा, सूर्यमति, गणेशस्थान, नर्जामण्डप, हल्देकालिका, गोस्र्याङमा विभोर विकास बैंक र फिकुरी र लच्याङ गाविसहरुमा हिमालयन बैंकले सेवा प्रवाह गर्ने भएको छ ।
– गोसाइँकुण्ड सञ्चार
प्रतिक्रिया