sujim advert

मंगलग्रहमा लाङ्गटाङ्ग !

    असार २१, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

गोसाइँकुण्ड सञ्चार / विदुर, १९ असार । मंगलग्रहमा हालसालै देखिएको नयाँ एउटा खाल्डोको नाम रसुवाको लाङ्गटाङ्ग हिमालबाट राखिएको छ ।

गएको वर्षको विनाशकारी भूकम्पमा एकदमै प्रभावित नेपाली गाउँलाई मंगलग्रहको खाल्डोको नाम दिने क्रममा बैज्ञानिकहरुले लाङ्गटाङ्गको नाम दिएका हुन् । अन्तराष्ट्रिय खगोल युनियनले करिब ६ माइल चौडाई भएको उक्त खाल्डोलाई लाङ्गटाङ्ग नाम दिएको हो ।

२०७२ सालको बैशाख १२ गतेको भुकम्पले संसारभर प्रख्यात गाउँलाई सखाप पारेको थियो । जसमा कम्तिमा २ सय १५ जना मारिएको अनुमान गरिएको छ । भुकम्पले ल्याएको हिमपहिरोले लाङ्गटाङ्ग गाउँ नै बगाएको थियो ।

नेपाली गाउँप्रतिको समवेदना स्वरुप मंगलग्रहको उक्त खाल्डोको नामाकरण लाङ्गटाङ्ग भनेर गरिएको अनुसन्धनमा सम्लग्न बैज्ञानिकहरुले बताएका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top