२०८१, ११ बैशाख मंगलवार

निर्वाचन क्षेत्रको पैसा सदुपयोग भएन

    असार १६ २०७३ १८:२१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि प्राप्त भएको योजनाहरू समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको नुवाकोटका तीन वटै निर्वाचन क्षेत्रमा सञ्चालन भएका योजनाहरू मध्ये हालसम्म तीन वटा योजना मात्रै सम्पन्न भएका छन् । कार्यक्रम अन्र्तगत गत वर्ष बजेट विनियोजन भएका योजनाहरू यस वर्ष पनि सञ्चालन गरिएको छ । तर, असारको पहिलो साता वितिसक्दा पनि यी योजनमा प्रभावकारी रूपमा काम अघि बढ्न सकेको छैन ।

सम्पन्न भएका योजनाहरूमा पञ्चकन्या गाविसको पिप्लेधारा राउटार मानेथोक सडक तुप्चे गाविसको भैरमकोट चोरखर्क नागीस्थान साहुगाउँ सडक, बुङताङको चेकुङ बाबुस्वारा आँकुरा बसेर सडकमात्र निर्माण सम्पन्न भएको छ । ५० भन्दा धेरै योजनाहरू चालु अवस्थामा रहेपनि कतिपय योजनाहरूको काम प्रभावकारी हुन नसकेको अनुगमन समितिले निष्कर्ष निकालेको छ । ‘केही योजनाहरू सम्पन्न हुन सक्ने अवस्था नभएको अनुगमन समितिले निष्कर्ष निकालेको छ, जिविसका एक अधिकृतले भने– ‘त्यस्ता योजनाहरूको पहिचान गरी ती योजनाहरूमा थप निकासा नदिन समितिले निर्देशन दिएको छ ।’

जिल्ला विकास समिति नुवाकोटमा शनिवार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजनाहरूको अनुगमन समितिको वैठकले सम्पन्न हुन समस्या रहेका योजनाहरूको पहिचान गरी यी योजनाको काम अघि बढ्न नसकेमा अन्य शिर्षकमा काम सम्पन्न गर्नसमेत सुझाव दिएका छन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नुवाकोट क्षेत्र नं. २ का सांसद डा. रामशरण महत, क्षेत्र नं. ३ का सांसद बहादुरसिंह लामा, सांसदहरू डा. प्रकाशशरण महत, राममाया बोगटी, जगदिश्वरनरसिंह केसी, राज्यलक्ष्मी श्रेष्ठ, स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितलगायत सहभागी वैठकले योजनाहरूको काम तिब्र गतिमा अघि बढाउन आग्रह गरेको छ ।

वैंठकले भदु्रटार गाविसको कात्तिकेखोला सुन्तलीटार आठविसे सडक खण्डको सडकको ट्याक परिवर्तन गर्नेसमेत निर्णय गरेको छ । सो सडकमा वन पर्ने र सडक निर्माण गर्दा बन विनास हुने निष्कर्ष निकाल्दै कात्तिके खोला सुन्तलीटार खत्रीवेसी खारे हुँदै आठविसे जोड्ने निर्णयसमेत भएको जिल्ला विकास समिति नुवाकोटको योजना शाखाले जनाएको छ ।

असार १५ गतेभित्र सबै योजनाहरू सम्पन्न गरी फरफारकका लागि निवेदन दिई सक्नुपर्ने गरी जिविसले सबै उपभोक्ता समितिहरूलाई निर्देशन दिएपनि तोकिएको समयमा यस वर्ष पनि योजनाहरू सम्पन्न नहुने पक्का भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top