sujim bazar advert

नुवाकोट जिल्ला एमसिपिएममा उतिर्ण

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय निकाय वित्तीय आयोगले देशभरका ७५ वटा जिल्ला विकास समितिको आर्थिक वर्ष २०७०/०७१ न्यूनतम सर्त तथा कार्यसम्पादन मापनमा जिल्ला विकास समिति नुवाकोट उत्तीर्ण भएको छ ।

जिल्ला विकास समितिहरूको न्यूनतम सर्त तथा कार्य सम्पादन मापन कार्यबिधि २०६५ अनुसार स्थानीय निकाय वित्तीय आयोगको सचिवालय अन्तर्गत स्वतन्त्र मूल्याङ्कनकर्ताबाट भएको मापनमा न्यूनतम सर्त मापनका सबै सूचक उत्तीर्ण भई कार्यसम्पादनतर्फ कुल १०० अङ्कमा ७३ अङ्क आई उत्तीर्ण भएको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ । गत आर्थिक वर्षमा ६४ अङ्क मात्र प्राप्त गरेको नुवाकोट जिल्ला विकास समितिले यो वर्ष प्रगति गरी ७३ अङ्क ल्याउन सफल भएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रकाशित न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा नौ अङ्क बढी ल्याएर उत्तीर्ण भएपछि एमसीपीएमको आधारमा प्राप्त हुने अनुदान रकममा २५ प्रतिशतले वृद्धि हुने जिल्ला विकास समितिका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए ।

न्यूनतम सर्तका सूचकहरूमा वार्षिक बजेट तथा कार्यक्रम स्वीकृति, वार्षिक प्रगति समीक्षा, वार्षिक तथा चौमासिक प्रगति प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, गाविसको अन्तिम लेखा परीक्षण, जिल्ला विकास कोषको खाता सञ्चालन, सूचना अभिलेख तथा व्यवस्थापन, अन्तिम लेखापरीक्षण र बेरुजुको अभिलेख, जिन्सी व्यवस्थापन, कर्मचारी व्यवस्थापनमा परीक्षण गरिएको थियो ।

यस्तै कार्यसम्पादन मापनका सूचकहरूमा आयोजना प्राथमिकीकरण र छनोटका आधार, आयोजनाको लागत अनुमान र बजेट विनियोजन, आयोजनाहरूको मर्मतसम्भार, आवधिक जिल्ला विकास योजना, जिल्ला यातायात गुरुयोजना र सोको कार्यान्वयन, ऊर्जा र वातावरण व्यवस्थापन बहुपक्षीय जिम्मेवारीका क्षेत्रको सहभागितामूलक योजना कार्यान्वयन, लक्षित समूह विकास कार्यक्रम, धरौटी खाता सञ्चालन, वार्षिक बजेट वनियोजनको खर्च, लक्षित समूह, विकास कार्यक्रमको खर्चलगायत रहेको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top