२०८१, १२ बैशाख बुधबार

नागरिकहरु दैनिक ठगिदै

    असार १६ २०७३ १३:०२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला सदरमुकाम विदुर र वरपरका बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य सामानको मूल्य र गुणस्तर पसलै पिच्छे फरक–फरक हुने गरेको छ । नत पसलमा मूल्यसूची नै छ न मूल्यसूची अनुसार वस्तुको मूल्य, यस्तो बजारले उपभोक्ता हैरान भइरहँदा समेत सम्बन्धित पक्षको ध्यान जान सकेको छैन ।

सदरमुकाम विदुर बजारमा आफूले दाल, चामल, नुन, तेल जस्ता खाद्यवस्तु किन्न जाँदा पसलै पिच्छे फरक–फरक मूल्य भएको उपभोक्ताहरुको भनाई रहेको छ । कतिपय पसलमा मूल्यको साथै तौलमा समेत फरक पाउने गरेको बिदुर नगरपालीका वडा नम्बर ३ को सानुमाया तामाङले बताइन् ।

आफूहरू बजारमा सामन किन्न जाँदा मूल्यसूची समेत नराखिएकाले हरेक सामानको पटकै पिच्छे भाउ सोध्नु परेको उनको भनाई छ । यस्ता कुरामा राज्य र स्थानीय प्रशासन उदासिन भएको स्थानीय उपभोक्ताको आरोप छ । सबै पसलमा मूल्यसूची अनिवार्य गर्नुपर्छ भनिए पनि व्यापारीले नियम परिपालन नगर्दा उपभोक्ता ठगिदै आएका छन् । जसले जति मूल्य लिए पनि सम्बन्धित निकायले कारबाही नगरेको बताउँदै उपभोक्ताले यी कुरामा जिल्ला प्रशासन र नुवाकोट उद्योग वाणिज्य सङ्घको ध्यान जान नसकेको आरोप छ । तर स्थानीय ब्यापारीले भने बाहीर हल्ला भएजस्तो बजारमा सामानको मूल्य फरक नभएको दाबी गर्ने गरेका छन् ।

व्यापारीले खरीद मूल्यको केहिप्रतिशतसम्म नाफा लिन पाउन सक्ने भएपनि सिमाभन्दा बढी नाफा लिएको भए जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनु भएको छ । बजारमा फरक मूल्य भएको हनुसक्ने स्विकार गर्दै उहाँले यी कुरामा उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय र व्यापारीहरू लगायतको समिति गठन गरी तत्काल बजार अनुगमन गरिने जानकारी दिनु भएको छ । जिल्ला प्रशासन र उद्योग वाणिज्य सङ्घले समयमै मूल्यसूची निर्धारण गरी व्यापारीहरूलाई नदिएकाले आफूहरूलाई हरेक सामानको मूल्य बारम्बार भनिरहनुपर्ने झन्झट रहेको व्यापारीहरूको भनाई छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top