+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण सुरु

district trishuli hospital nuwakot
डबली खबर
६ साल अगाडी

विदुर – बागमती प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा सुरु भएको छ ।

कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा रहेका नागरिकहरुको नि:शुल्क उपचार गरिने छ ।

विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका  सम्कोपूर्ण वडा गरि २६ वडाहरुका २५/२५ जना नागरिकको नि:शुल्क उपचार गरिने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमकुमार राइले बताए । सम्बन्धित स्थानीयतहका वडाहरुले सिफारिस गरेका बिरामीहरु बाहेक कार्यक्रममा सहभागि हुन चाहनेलाई २५ प्रतिशत छुटमा सेवा पाउने छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको मंगलबार र बुधबार सञ्चालन हुनेछ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा विपन्न, लोपोन्मुख, अल्पसंख्यक, दलित, सहिद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइते नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। लक्षित वर्गलाई दुई हजार दुई सय रुपैयाँ बराबरको १६ किसिमको स्वास्थ्य परीक्षण हुने छ ।

नसर्ने रोगको समयमै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्यले ३० वर्षभन्दा माथि उमेर समूहकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ ।

परीक्षण गरिएका व्यक्तिमा कुनै समस्या देखिएमा सम्भव भएसम्म चौतारा अस्पतालमै उपचार गरिने र चौतारामा उपचार नहुने रोगीलाई भने प्रदेश सरकारले सूचिकृत गरेको अस्पतालमा पठाइने छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ