विदुर – जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी चक्र देव पोलिक्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।
पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका २४ जना जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको थियो ।
नि:शुल्क स्वास्थ्य चेकजाँचमा मधुमेह, मुटुको ईसीजी (मुटु अथवा रक्तनली सम्बन्धी भिडियो एक्सरे), उच्च रक्तचाप, युरिक एसिड, कोल्डस्टोर लगायतका सेवाहरु प्रदान गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले जानकारी दिए । साथै डाक्टरको पुर्जी तथा बिरामीको आवश्यकता अनुसार आँखा, मुटु, मधुमेहको नि:शुल्क औषधी उपलब्ध गराईएको थियो ।
पोलिक्लिनिकले वृद्धाश्रम स्थानदेखि पोलिक्लिनिकसम्म जेष्ठ नागरिकहरुलाई आवतजावतको लागि यातायात व्यवस्था, एकदिनको खाना, खाजा र फलफुल प्रदान गरिएको थियो । साथै, कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सबैलाई मास्क समेत वितरण गरिएको थियो ।
पोलिक्लिनिकले अन्य सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवामा ५० प्रतिशत छुटकाे व्यवस्था गरिएकाे थियो ।
२०७५ फाल्गुण २७ गतेदेखि सञ्चालनमा ल्याएको पोलिक्लिनिकले हाल रगत प्रयोगशाला, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण चेकजाँच गर्दछ ।

प्रतिक्रिया