+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट

gokul baskota
डबली खबर
६ साल अगाडी

काठमाडौं – पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट भएको छ । बुधबार बिहान पौने आठ बजेको समयमा अज्ञात समूहले बाँस्कोटाको लोकन्थली स्थित घरमा प्रेसरकुकर बम बिस्फोट गराएको हो ।

तल्ला थप्ने क्रममा रहेको घरको पर्खाल भित्र बम राखिएको बताइएको छ । प्रहरीका अनुसार बिस्फोटबाट घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सिसा फुटेका छन् र नजिकै रोकी राखिएको भ्यानमा समेत क्षति पुगेको छ ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ