+
Search

ताजा अपडेट +

पपुलर +

पास्नीमा रिलायबल सुलभ बाल जीवन बीमा पोलिसी उपहार

reliable life insurance policy
डबली खबर
६ साल अगाडी

विदुर –  बालबालिकालाई उपहार भन्नसाथ धेरैले सम्झिने भनेको राम्रा फूलबट्टे लुगा, खेलौना, चकलेट आदी हो । तर, अहिले बालबालिकाको लागि समेत उपहारको स्वरुप फेरिदै गएको छ । किस्पाङ गापा ५ का मुक्ति तामाङले भने आफ्नो छोरालाई पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् ।

तामाङले छोरालाई पास्नीमा रिलायबल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा’ पोलिसी दिएका हुन् । हुन् त तामाङले आफ्नो बच्चालाई उपहार दिएका हुन् । यसलाई अन्यथा मान्नु पर्ने अवस्था त छैन । तर, पनि बालबालिकालाई जीवन बीमा गराउनु उनीहरुको भविष्यको लागि समेत आर्थिक रुपमा सहज बनाउन मद्धत गर्नुको साथै जोखिम बहन समेत हुने भएकोले यसलाई सकारात्मक रुपमा लिनु पर्ने बीमा क्षेत्रका काम गर्नेहरु बताउँछन् ।

बीमा गराउँदा नियमित बचत हुने र बीमा अबधि समाप्ति पश्चात एकमुष्ठ रुपमा बीमाङ्क र बोनस समेत आउने हुँदा बालबालिकालाई उच्च शिक्षा हासिलक गर्न समेत आर्थिक रुपमा सहज हुने भएकोले बालबालिकालाई सानैमा बीमा गराउनु राम्रो हुने रिलायबल इन्स्योरेन्स कम्पनीका नुवाकोट शाखाका मार्केटिङ प्रमुख विनय रिजाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ