भरतपुर – चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीले २८ आईचर बालुवा र ६ टिप गिट्टी सहयोग गरेको छ । साथै व्यवसायीले नगद रु ६० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएकाे छ ।
राष्ट्रिय गौरवको आयोजना रंगशाला निमार्णको लागि गिट्टी बालुवा सहयोग गरेको आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठले बताए ।
राष्ट्रिय झण्डासहित ब्यानर हालेर शनिबार नुवाकाेटबाट गएको टोलीले आज बिहान रंगशाला निमार्ण स्थलमै पुगेर रंगशाला निर्माण अभियन्ता कुमार कट्टेल “जिग्री” लाई बालुवा हस्तान्तरण गरेको हो।
नुवाकोट आईचार व्यवसायी संघले नि:शुल्क गिट्टी बालुवा ढुवानी गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट निर्माणका सामाग्री सहयोग गर्नेक्रम बढेको छ ।


प्रतिक्रिया