विदुर – विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जारी छैठौं नुवाकोट महोत्सवमा ६३ जनाले एचआईभी परिक्षणले गरेका छन् ।
त्रिशुली प्लसद्वारा नि:शुल्क एचआईभी परीक्षणमा महिला बढी रहेको त्रिशुली प्लसका अहेव पार्वती अधिकारीले जानकारी दिए । जसमा ४५ महिला र १८ पुरुषले आफुलाई एचआईभी भए नभएको रगत परीक्षण गराएको छ।
शिविरमा ३४९ जनाले नि:शुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा नि:शुल्क औषधि वितरण गरेको छ ।
१०९ जनाले साधारण तथा मोतिविन्दु आँखा परिक्षण गराएका छन् । मोतिविन्दु भएकालाई जिल्ला सामुदायिक आँखा केन्द्रमा थप उपचारको लागि सिफारिस गरिएको छ ।
विदुर नगरपालिकाको स्वास्थ्य चौकी ईकाइ, नेपाल रेडक्रस, त्रिशुली प्लस, जिल्ला सामुदायिक आँखा केन्द्र, सुआहारा र विपी स्मृति सामुदायिक सहकारी अस्पतालले संयुक्त रुपमा राखेको स्वास्थ्य शिविर राखेको हो ।
नुवाकोट महोत्सवभर नि:शुल्क स्वास्थ्य उपचारको सुविधा रहेको छ ।

प्रतिक्रिया