+
Search

ताजा अपडेट +

पपुलर +

तारुकामा गोरु जुधाइ (फोटो फिचर)

Ox Fight in Taruka Nuwakot
डबली खबर
६ साल अगाडी

तारुका – हरेक वर्ष जस्तै यस वर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाइएको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाईएको छ।

माघेसंक्रान्तिको अवसरमा चन्दनीसहित जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ । त्यस्तै, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातबिंसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको छ।

गोरु जुधाई परम्परालाई तारुकाले ०६२ सालबाट एकै थलोमा जुधाउन थालेको हो ।

तस्बिर: सुनील श्रेष्ठ

after winning fight competition ox returning home
गोरु जुधाई मेलामा जीतपछि गोरुलाई घरतर्फ लगिंदै ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ