+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट जेसिज वर्ष २०२० मा श्रीकृष्ण आचार्य

year 2020 jci nuwakot new members
डबली खबर
६ साल अगाडी

विदुर – नुवाकोट जेसिज वर्ष २०२० मा श्रीकृष्ण आचार्य सर्वसम्मत चयन भएका छन् ।

आज विदुरमा भएको सातौँ अधिवेशनबाट वर्ष २०२० मा आचार्य चयन भएको हो । यस अघि आचार्यले महासचिव पदको कार्यभार सम्हालेका थिए भने हाल उत्प्रेरणा बहुद्देशीय सहकारी संस्थाका अध्यक्ष समेत हुन ।

वर्ष २०२० को कार्यकारी उपाध्यक्षमा निखिल उप्रेती र रामधन ढकाल रहेका छन्  ।

नवआयुक्त उपाध्यक्षहरुमा सुरज सिलवाल, सुनिता अधिकारी, नवराज सुवेदी र अनुजमान श्रेष्ठ चयन भएका छन् ।

सन् २०१३ मा स्थापना भएको संस्थाले छोटो समयमै क्षेत्र ‘सी’को सम्मेलन समेत गरेका थिए ।

अन्तराष्ट्रिय संस्थाको रुपमा रहेको जेसीजमा १८ बर्ष देखि ४० बर्षसम्मका युवाहरुले सदस्यता पाउने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ